२२ कार्तिक २०८३, आइतबार

अमेरिका पुगेपछि सुशील कोइरालाले भने- भारतले नाकाबन्दी गरेर गल्ति गर्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil_koiralaकाठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाले नेपालमाथि नाकाबन्दी गरेर भारतले गल्ति गरेको बताउनुभएको छ ।

नेपालमा रहँदा भारतको नाकाबन्दी भन्न नसकेका सभापति कोइरालाले उपचारका लागि अमेरिका पुग्दा त्यहाँको स्थानीय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भारतले अघोषित नाकाबन्दी गरेर गल्ति गरेको बताउनुभएको हो ।

उहाँले नाकाबन्दी गर्ने भारतको कदम गलत रहेको भन्दै वार्ता, सम्वाद कुटनीतिक निकायबाटै दुई देशबीच देखिएको समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । शुक्रबार काठमाडौंबाट प्रस्थान गरेका कोइराला शनिबार अपराह्न अमेरिका पुग्नुभएको थियो । उहाँ जिब्रोको उपचार गराउन अमेरिका जानुभएको हो ।