काठमाडौँ, १६ असार । आगामी नवौँ महाधिवशेनबाट सर्वसम्मत नेतृत्व छनोट गर्नुपर्ने अडान राख्दै आउनुभएका नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पार्टीलाई एकताबद्ध, सुदृढ बनाउन र देशको अगुवाइ गर्न सक्ने बनाउन आग्रह गर्नु भएको छ । महाधिवेशन मुल व्यवस्थापन समितिले पार्टी मुख्यालय बल्खुमा सोमवार गरेको पत्रकार सम्मेलनमा खनालले यस्तो बताउनु भएको हो ।
उहाँले नेतृत्वका आकांक्षीहरु आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । ‘रेफ्रीले सिट्टी बजाउन नपाउँदै खेलाडीहरु दौडन सुरु गरेकाले समस्या भएको छ,’ उहाँले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीप्रति संकेत गर्दै भन्नुभयो, ‘पार्टीलाई एकताबद्ध र देशको अगुवाइ गर्नसक्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउन नवौं महाधिवेशनका प्रतिनिधिहरुलाई समेत आग्रहगर्दछु ।’
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधव नेपालले एमालेले कम्युनिष्ट आन्दोलन र देशलाई आर्थिक सम्वृद्धिको दिशामा दिनुभयो । पत्रकार सम्मेलनमा उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले पार्टी नीति सर्वसम्मत् रुपमा पारित भएकाले पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व पनि सर्वसम्मत् चयन गर्नुपर्ने धारणा राख्नुभयो ।
















प्रतिक्रिया