काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी ओलीसँग पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि हुने छलफलमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
भेटवार्तामा राजनीतिक सहमति र संविधान संशोधन तथा अन्य विविध विषयमा पनि छलफल हुनेछ ।
भारतको नाकाबन्दीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला प्रधानमन्त्री ओलीसँग पूर्व प्रधानमन्त्री भट्टराईले भेट गर्न लाग्नु भएको हो ।












प्रतिक्रिया