२२ कार्तिक २०८३, आइतबार

भारतले नाकाबन्दी अझै बढाउने, मधेसी मोर्चाले आन्दोलनलाई कडा बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairahawa vansar naka pani thappa (8)काठमाडौं, २० कात्तिक । वीरगञ्जस्थित दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी लगाउँदै आएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूलाई बल प्रयोग गरेर प्रहरीले हटाएपछि आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघर्षलाई झन् कडा बनाउने संकेत गरेको छ ।

मोर्चाले आन्दोलन कडा बनाउने संकेत गरेपछि भारतीय पक्षले पनि आपूर्ति व्यवस्थालाई कडाइ गरेको छ । भारतीय पक्षको नाकाबन्दीका कराण दुःख पाइरहेका नेपाली जनताले अझै दुःख पाउने जानकारहरूको बुझइ छ ।

मधेसी मोर्चालाई देखाएर नाकाबन्दी लगाउँदै आएको भारतले नेपालभित्रको राजनीतिक अवस्था सहज नहुँदासम्म आपूर्ति गर्न नसकिने जनाइ सकेको छ ।

यता, मधेसी मोर्चाका नेताहरूले सरकारी पक्षबाट आफूहरूका माग पूरा गर्नेतर्फ ध्यान नदिएको भन्दै आक्रोश जनाएको छ । मधेसी मोर्चाले सरकारले माग पूरा गरे नाकाबन्दीको कार्यक्रम फिर्ता हुने अन्यथा आन्दोलन कडा बनाउने जनाएको छ ।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले पनि आफूहरू सरकारसँग वार्ताको पक्षमा रहेको भन्दै सरकारले बेवास्ता गरिरहेको उल्लेख गर्नुभएको छ ।

वीरगञ्जमा भएको मधेसी मोर्चाको प्रदर्शनमा प्रहरीलाई ढुङ्गा प्रहार गर्ने भारतीय नागरिकको मृत्यु भएपछि भारतले नेपालप्रति कडा रवैया अपनाएको छ ।