२८ आश्विन २०८३, बुधबार

आजका खेलमा फ्रान्सले नाइजेरिया र जर्मनीले अल्जेरियासँग भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-cup-final5

काठमाडौँ, १६ असार । ब्राजिलमा जारी विश्वकप फुटबलको २० औँ संस्करण अन्तर्रगत सोमवार राती र मंगलवार विहान दुई खेल हुने छन् ।

जस अन्तृरगत बेलुकी पौने १० बजे हुने खेलमा फ्रान्स र नाइजेरिया भिड्नेछन् भने राति पौने २ बजे हुने खेलमा जर्मनी र अल्जेरियाबीच प्रतिस्पर्धा हुने छ ।

समूह ‘इ’ को विजेता फ्रान्स र समूह ‘एफ’को उपविजेता नाइजेरियाबीचको खेल हेर्न लायकको हुने अनुमान गरिएको छ । अफ्रिकी च्याम्पियन नाइजेरिया र स्टार खेलाडीहरुले भरिएको फ्रान्सको नजिता कस्तो आउला भन्ने धेरैले फरक–फरक अनुमान गरेका छन् । फ्रान्स समूहमा दुई जित र एक बराबरीका साथ समूह विजेता बनेको टीम हो ।

त्यसैगरी नाइजेरिया आफ्नो समूहबाट इरान र बोस्नियालाई पाखा लगाउँदै अन्तिम १६ को लागि छानिएको हो । उक्त समुहमा अर्जेन्टिना पनि सम्मिलित थियो ।सन् १९९८ को विश्वकप विजेता फ्रान्सलाई आफ्नो विगत जोगाउँने चुनौचि छ भने नाइजेरियालाई आगामी बाटो सुखद बनाउँने ।

त्यसैगरी १६ टीमबाट आफुलाई अन्तिम आठको स्थान पक्का गर्ने दौडमा मंगलवार बिहान पौने २ बजे हुने खेलमा जर्मनी र अल्जेरिया भिड्ने छन । तीन पटकको विश्वकप विजेता जर्मनी समूह ‘जी’को विजेता हो भने अल्जेरियाले विश्वकपमा खासै प्रदर्शन गर्न सकेको छैन । अल्जेरिया समूह ‘एच’को उपविजेता हो ।

जर्मनीमा स्टार खेलाडीहरुले बाहुल्यता छ । मिरोस्लाभ क्लोज, थोमस मुलर जस्ता खेलाडी जर्मनसँग छन् । विश्वकप भएकाले खेल कसको पोल्टामा पर्छ । अनुमान गर्न मुस्किल भएकाले मिरोस्लाभ क्लोज, थोमस मुलर जस्ता खेलाडीले के गर्छन । हेर्नै पर्ने भएको छ ।