२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले मन्त्री बन्न राखेको प्रस्ताव एमालेमा कसले अस्वीकार गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

त्यसका लागि सत्तारुढ दल नेकपा एमालेबाट चार जना मन्त्री छानिनुभएको छ । एमालेबाट छानिएका मन्त्रीहरुमा भीम रावल, विष्णु पौडेल, शेरधन राई र आनन्द पोखरेल रहनुभएको छ । रावल उपप्रधानमन्त्री, पौडेल अर्थमन्त्रीमा छानिनुभएको हो भने बाँकी दुई मन्त्रीको मन्त्रालय टुङ्गो लाग्न बाँकी छ ।

चारै जनाले आजै सपथ लिनुहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री ओलीले मन्त्री बन्न गरेको प्रस्ताव एमालेका एक जना नेतृले अस्वीकार गर्नुभएको छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री बन्न प्रधानमन्त्री आलीले गरेको प्रस्ताव अस्वीकार गर्दै सरकारमा नजाने जवाफी दिनुभएको हो । अहिले एमालेमा मन्त्री बन्न रातदिन मरिमेटी नेताहरु लागिरहेका भएपनि उपाध्यक्ष शाक्यले मन्त्री पदको प्रस्ताव अस्वीकार गर्नुभएको हो ।