२२ कार्तिक २०८३, आइतबार

ओली र नेपालबीच कुरा मिल्यो, आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepalकाठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओली र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

एमाले स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो । प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा पनि सरकारको विस्तार हुन नसकेर विभिन्न मन्त्रालयको काम प्रभावित हुँदै आएको छ ।

‘‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ,” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले रासससँग भन्नुभयो – “अब विलम्ब गरेर हुँदैन ।” सम्भवतः आज साँझसम्म मन्त्रिपरिषद विस्तार हुने उहाँले बताउनुभयो ।

बुधबार बसेको एमाले शीर्षनेताहरुको बैठकले सत्तारूढ दलसँग छलफल गरेर सरकारको विस्तार गर्ने निर्णय गरेको थियो ।