२२ कार्तिक २०८३, आइतबार

वीरगञ्जमा भारतीय नागरिक मारिएपछि काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Basnetकाठमाडौं, १८ कात्तिक । मधेस आन्दोलनमा दमन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध संस्थाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतको पुत्ला जलाएको छ ।

जनताको शान्तिपूर्ण आन्दोलनविरुद्ध वर्तमान सरकारले प्रहरी प्रशासन प्रयोग गरेर निरन्तर दमन गरेको भन्दै सरकारी दमनविरुद्ध मंगलबार काठमाडौँमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइएको हो ।

मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालको भातृ संगठन नेवाः प्रदेश समितिले माइती घर मण्डलाबाट जुलुस निकालेर विजुली बजारमा पुत्ला दहन गरेको सचिव परिवर्तन भट्टराइले बताए । ‘पहिचान र अधिकारको आन्दोलन विरुद्ध राज्यको दमनलाई चुनौति दिन पुत्ला दहन कार्यक्रम महत्वपूर्ण भयो,’ उनले भने ।

उक्त कार्यक्रममा ससफो, नेपालकी नेतृ सुशीला श्रेष्ठ र राष्ट्रिय मधेस सद्भावना पार्टीका वरिष्ठ नेता राम नरेश राय यादवले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले वीरगञ्जमा प्रहरीले दमन गरेको आरोप लगाउँदै निर्दोष भारतीय नागरिक मारिएको दाबी गरे ।