काठमाडौं, १८ कात्तिक । तराईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी कर्मचारीलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तराईमा जारी आन्दोलनमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक थमन विक, प्रहरी हवल्दार देवबहादुर पाण्डे र सशस्त्र प्रहरी हवल्दार काशीराज कामीका परिवारलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको सरकार प्रवक्ता कानुनमन्त्री अग्नि खरेलले जानकारी दिनुभयो ।
विसं २०७२ भदौ १८ गते बर्दियाको मैनापोखरीमा कर्तव्य पालनका क्रममा आन्दोलकारीको आक्रमण परी मृत्यु भएका प्रहरी हवल्दार पाण्डेको मृत्यु भएको थियो ।
त्यस्तै नवलपरासीको कुस्माको बेलासपुर चोकमा २०७२ साउन ३२ गते हिंसात्मक आक्रमणमा परी सशस्त्र प्रहरी हवल्दार कामी र भदौ २२ गते महोत्तरी जिल्लाको जलेश्वर चोकमा संयुक्त मधेसी मोर्चाको आह्वान गरेको बन्दको क्रममा आक्रमणकारीको साङ्घातिक आक्रमणमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक विकलाई उपचारको क्रममा एम्बुलेन्ससमा लैजाने क्रममा महोत्तरी जिल्लाको सोनुखडा भन्ने स्थानमा आक्रमणकारीले एम्बुलेन्सबाट नियन्त्रणमा लिई हत्या गरेका थिए ।












प्रतिक्रिया