२८ आश्विन २०८३, बुधबार

नेपाललाई विश्वकमा पुर्‍याउने क्रिकेट प्रशिक्षकको कार्यकाल नथपिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasnaike-nepali-cricket

काठमाडौँ, १६ असार। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको कार्यकाल नथप्ने भएको छ । पुबुदुको कार्यकाल सोमबारदेखि सकिँदैछ । क्यानका कार्यवाहक महासचिव उत्तम कर्मचार्यले पुबुदुको कार्याकाल नथपिने बताए ।

उनले रकमको अभावमा पुबुदुको कार्यकाल थप्न असम्भव भएको जानकारी दिए । ‘क्यानसँग क्षमत छैन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले उपलब्ध गराउँदै आएको रकम हाम्रै आन्तरिक कारणले नदिएपछि पुबुदुको करार लम्ब्याउन सकिएन, उनले भने ।’

रकम आएपछि पुबुदु वा कसलाई प्रशिक्षक बनाउने भन्ने विषयमा निर्णय गरिने जानकारी पनि उनले दिए । आफ्नो पदावधि थपिने वा नथपिने भन्ने अन्योलबीच राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु गत महिना क्यानडा फर्किएका थिए । क्यानले पनि उनका लागि एकतर्फी टिकटको मात्र व्यवस्था गरेको थियो । यसैकारण उनी नेपाल नर्फकने सम्भावना बढेको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सन् २०११ मा दासानायके प्रशिक्षकमा नियुक्त भएपछि नेपाली क्रिकेटले उल्लेख्य फड्को मारेको छ । नेपालले टी ट्वान्टी विश्वकपसँगै पहिलो पटक एक दिवसिय विश्वकपको छनोट चरण पनि खेल्यो ।

पुबुदुको कार्यकालमा नेपालले टी ट्वान्टी विश्वकपमा समेत खेलेको थियो । नेपालले उक्त प्रतियोगिताको पहिलो चरणमा हङकङ र अफगानिस्तालाई हराएको थियो भने टेस्ट राष्ट्र बंगलादेशसँगमात्र पराजय व्यहोरेको थियो । बंगलादेशसँग समान अंक भएपनि नेट रनरेटमा पछि रहदै नेपाल दोस्रो चरण भने पुग्न सकेको थिएन ।