काठमाडौं, १७ कात्तिक । वीरगञ्जमा भारतीय नागरिक मारिएपछि सोमबार साँझ वक्तव्य निकालेर चेतावनी दिएको भारतीय राजदूतावासले मंगलबार फेरि विज्ञप्ति जारी गरेको छ ।
काठमाडौंस्थित लैनचौरमा रहेको भारतीय दूतावासले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आलोचना गरेको हो । विना विभागीय मन्त्री सत्यनारायण मण्डलको अभिव्यक्तिलाई लिएर भारतीय राजदूतावासले ओली सरकारको आलोचना गरेको हो । साथै उसले मण्डलको भनाईमा आपत्ति जनाएको छ ।
एमाले नेता समेत रहेका मन्त्री मण्डलले सोमबार बिराटनगरमा भारतले अहिले सेना पठाउन नसक्ने भन्दै विना बर्दीको सेना नेपाल पठाउन खोजेको र त्यो निकै खतरनाक हुने बताउनुभएको थियो ।
उक्त भनाईको खण्डन गर्दै राजदूतावासले मन्त्रीको अभिव्यक्ति उत्तजेक, निराधार र दुरासयपूर्ण रहेको र यसले नेपाल र भारतको सौहार्दपूर्ण सम्बन्धमा प्रभाव पार्ने जनाएको छ ।
भारतीय राजदूत रञ्जीत रेद्धारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री जस्तो जिम्मेवार व्यक्तिहरुलाई नेपाल र भारतको सदियौं पुरानो सम्वन्धमा नकारात्मक असर पर्ने खलका अभिव्यक्ति नदिन आग्रह समेत गरिएको छ ।












प्रतिक्रिया