काठमाडौं, १७ कात्तिक । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरुले एमाओवादीबाट आफूहरु अलग भएको घोषणा गरेका छन् ।
भट्टराई निवास सानेपामा दिनभरको छलफलपछि उनीहरुले त्यस्तो घोषणा गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनीहरुले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरु सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन् ।
नेताहरु देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री , महेन्द्र पाुवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ५० भन्दा बढीले एमाओवादीबाट अलग हुने तयारीमा छन् ।















प्रतिक्रिया