६ कार्तिक २०८३, शुक्रबार

भारतले नेपाललाई झुक्काएर यसरी थाङ्नामा सुतायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairahawa vansar naka pani thappa (7)काठमाडौं, १७ कात्तिक । मितेरी पुलमा पुगेको प्रहरीले आन्दोलनकारीलाई धपाएपछि सोमबार वीरगंजबाट दुई सयभन्दा बढी भारतीय खाली गाडी रक्सौल पठाएपनि रक्सौलमा फसेका नेपालका मालबहाक गाडी भने वीरगंज छिर्न सकेनन् ।

पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठका अनुसार वीरगंजमा ४० दिनदेखि अलपत्र परेका ३ सय १९ वटा भारतीय खाली ट्रक बिहान भारतीय प्रहरीको समन्वयमा रक्सैल पठाइएपनि रक्सैलमा रोकिएका नेपाली मालबहाक गाडी भारतीय पक्षले नपठाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

भारतीय गाडी नेपाल प्रवेश गर्ने क्रम चलिरहदाँ भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारीले रक्सालका रोकिएका नेपाली मालबहाक गाडी नेपाल पठाइदिने बताएका थिए ।