काठमाडौं, १६ कात्तिक । पर्साको वीरगञ्ज- रक्सौल नाकामा भएको झडपमा आफ्ना नागरिक मारिएपछि भारतीय राजदूत रञ्जीत रे गृह मन्त्रालय पुगेका छन् ।
राजदूत रे ले सोमबार गृहमन्त्री शक्ति बस्नेतसँग भेटवार्ता गरेका हुन् । उनले सीमा नाकामा देखिएको अवरोधबारे गम्भिर चाँसो व्यक्त गरेको गृह स्रोतको दाबी छ ।
उनले नाका अवरोध मधेस आन्दोलनका कारण भएको भन्दै छिटो भन्दा छिटो समाधान गर्न गृहमन्त्री बस्नेतलाई आग्रह गरेका छन् । भेटमा राजदूत रे ले आफ्ना नागरिक मारिएकोमा दुःख व्यक्त गरेको बताइएको छ ।
उनले अधिकार नपाएका नेपालीलाई सहयोग गर्न भारतीय नागरिक नेपालको आन्दोलनमा आएको हुन सक्ने समेत बताएको स्रोतले जनाएको छ । मधेसी मोर्चा र सरकारबीच वार्ताको वातावरण बनिरहँदा आजको घटनाले दुःख लागेको समेत बताए ।
सोमबार बीरगञ्जमा भएको झपडमा परी भारतीय नागरिक अषिकुमार रामको मृत्यु भएको थियो ।












प्रतिक्रिया