२२ कार्तिक २०८३, आइतबार

मलेसियाले १५ लाख बंगलादेशी कामदार ल्याउँदै, नेपाली कामदार विस्थापित हुनसक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya

– सुदिप निउरे
क्वालालम्पुर, १६ कात्तिक । मलेसिया सरकारले बंगलादेशबाट प्रस्तावित १५ लाख कामदार ल्याउन तयारी तिव्र पारेको छ ।

उसले बंगलादेशबाट कामदार ल्याउँदा स्थानीय नागरिकको रोजगारमा भने कुनै असर नपर्ने जनाएको छ ।स्थानीयको अवसर सुरक्षित गर्न बंगलादेशी कामदार ल्याउन उपयुक्त हुने मलेसिया सरकारले स्पष्ट पारेको हो ।

गृहमन्त्री दातुक सेरी डाक्टर जाहीद हमादीले भनेका छन्, बंगलादेशी कामदार आएमा मलेसियाबासीको रोजगार गुम्ने होईन सुरक्षीत हुने हो । गृहमन्त्री हमादीले बंगलादेशी कामदारमात्र होईन मलेसियामा आउने बिदेशी कामदारका कारण आफ्ना नागरिकले कामबाट हात धुन नपर्ने निती सरकारले लिएको बताए ।

नयाँ ल्याउन लागिएको १५ लाख कामदारलाई समावेशी तरिकाले सबै क्षेत्रमा बितरण गर्ने योजनाको संयन्त्र समेत तयार भैसकेको गृहमन्त्रीको भनाई उद्धृत गर्दै मलेसियन रिजर्वले खबर छापेको छ ।

बिशेषगरी उनीहरुलाई निर्माण, उद्योग, बगान, कृषि र सेवा गरी ५ क्षेत्रमा लगाईने बारे बंगलादेशसँग प्रारम्भिक सहमति भएको बताइएको छ । कहिलेबाट कामदार ल्याउने भन्ने कुरा दुई देशबीच हुने आपसी छलफलबाट टुगो लाग्ने खबरमा उल्लेख छ ।

bangadeshमलेसियाको आर्थिक बृद्धि र औद्योगिक बिकासको गतिलाई अझै माथि लैजान बंगालादेशसंग नया सम्झौता गरी सरकार अगाडी बढेको गृहमन्त्री हमादीले बताए । प्रवासी कामदारहरुको बाढी रोक्न हरेक क्षेत्रमा निगरानी तथा निरीक्षण गरिने समेत गृहमन्त्री हमादीले जनाएका छन् ।

यसैबीच बंगलादेशबाट १५ लाख कामदार भित्रयाउँदा नेपाली कामदार भने विस्थापित अवस्था सिर्जना हुने देखिएको छ । हाल मलेसियामा ८ लाख भन्दा नेपाली कामदार छन् ।