
काठमाडौं, १६ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १३औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा समग्र राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
बैठकमा आगामी फागुनमा हुने १३औँ महाधिवेशनका विषयमा विभिन्न समिति गठनका लागि प्रस्तावहरू पेश भएका छन् । ती प्रस्तावमा छलफल हुने कांग्रेसले जनाएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जस्ता महत्वपूर्ण पद गुमाएको कांग्रेसले सो विषयमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
बैठकमा नेतृत्वले कुशल नेतृत्व दिन नसकेकाले महत्वपूर्ण पद गुमाएको कांग्रेस केन्द्रीय सदस्यहरूको भनाइ छ । उनीहरूले सभापति सुशील कोइरालालाई संसदीय दलको नेता पद त्याग गर्न दवाव दिएको नेताहरूले बताएका छन् ।
आइतबारदेखि सुरु भएको कांग्रेसले महाधिवेशनका विषयमा ठोस निर्णय गर्ने जनाइएको छ ।












प्रतिक्रिया