काठमाडौं, १६ कात्तिक । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले सञ्चारकर्मी र मिडिया हाउसलाई मापदण्ड बनाई इन्धनको व्यवस्था गरिने जानकारी दिएका छन् ।
आइतवार आफ्नै कार्यकक्षमा संचारकर्मीसँग उनले सोमबारदेखि नै संचारकर्मीलाई इन्धन दिइने विषयमा सरकारले तयारी गरिरहेको जानकारी दिएका हुन् ।
‘इन्धनको अभावमा प्रेस बन्द हुने अवस्था आउन दिदैनौं । भोलिबाटै हामी मापण्ड बनाई वितरण गर्छौं’, नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाले ज्ञापनपत्रसहित राखेको मागलाई सम्बोधन गर्दै पुनले भने ।
काठमाडौं शाखा अध्यक्ष गोविन्दप्रसाद चौंलागाईको नेतृत्वमा पुगका संचारकर्मीको टोलीलाई आपूर्ति मन्त्री र सचिवले सरकारले प्रेसका लागि सहजता बनाउन गरिरहेको गृहकार्यबारे पनि अवगत गराएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अध्यक्ष चौंलागाईले प्रेसलाई अत्यावश्यक सेवामा राखिनुपर्ने, सञ्चारकर्मीलाई सहज रुपमा इन्धनको व्यवस्था हुनुपर्ने र व्यवस्थित किसिमले वितरण गर्नुपर्ने माग राखेका थिए ।















प्रतिक्रिया