काठमाडौं, १६ कात्तिक । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री केपी ओलीसमक्ष रुपान्तरित संसद विघठन गर्न माग गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै अध्यक्ष वैद्यले त्यस्तो माग गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
‘समस्याको मूल जड असहमतिको बिचबाट जारी गरिएको संविधान नै हो । अत उक्त संविधानलाई स्थगन गरी अबिलम्ब राष्ट्रिय सहमतिका लागि बाधकका रुपमा रहँदै आएको रुपान्तरित संसदलाई विघठन गरियोस्’, ज्ञापनपत्रमा भनिएको छ ।















प्रतिक्रिया