२२ कार्तिक २०८३, आइतबार

नेपालमा नाकाबन्दी फिर्ता लिन भारतीय बुद्विजीविले चलाए यस्तो अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-birod

काठमाडौं, १५ कात्तिक । नेपालमा जारी अघोषित नाकाबन्दी फिर्ता लिइ पेट्रोलियम पदार्थको निर्यात सहज बनाउन भारतीय प्रधानमन्त्री नरेन्द मोदीविरुद्ध भारतीय युवा तथा बुद्विजीविहरुले भारतमा अभियान संचालन गरेका छन् ।

मोदीकै कारण नेपालले चीनबाट तेल लिनुपरेको भन्दै भारतीयहरुले सामाजिक सञ्जालमा उनीविरुद्ध अभियान नै चलाएका हुन् । नेपाललाई नाकाबन्दी गरेर भारतले ठूलो गल्ती गरेको भन्दै ट्वीटर प्रयोगकर्ताले #ModiHimalayanBlunder ह्यासट्यागमा विरोध गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा #ModiHimalayanBlunder ह्यासट्याग ट्रेन्डिङ भइरहेको छ । मोदी विदेश नीतिमा नराम्रोसँग चुकेको भन्दै उनीहरुले नाकाबन्दी फिर्ता लिन चर्को दबाब दिएका छन् ।