६ कार्तिक २०८३, शुक्रबार

उच्च शिक्षा पढ्न अब सरकारले पैसा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौं । आर्थिक अभावले प्लस टु भन्दा माथिल्लो तह अध्ययन गर्न नसक्ने विद्यार्थीलाई सरकारले सहुलियत ऋण प्रदान गर्ने नीति ल्याएको छ ।

अघिल्लो सरकारले पारित गरेको उच्च शिक्षा नीतिमा आर्थिक रुपले पिछडिएका जेहेनदार विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराउने उल्लेख छ ।यो सुविधा सीमान्तकृत, दलित, अपाङ्ग, लोपोन्मुख जाति, जनजाति, महिला विद्यार्थीलाई प्रदान गरेर उच्च शिक्षाको पहुँच बढाउन लागिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार उच्च शिक्षा अध्ययन गर्नेको भर्ना दर १७ दशमलव एक प्रतिशत मात्रै छ । कान्तिपुर दैनिकमा समाचार छ ।