काठमाडौं, १५ कात्तिक । एकीकृत माओवादी पार्टी परित्याग गरेर एक्लै बस्दै आउनुभएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आज विभिन्न क्षेत्रका व्यक्ति तथा बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ ।
काठमाडौंको नयाँबानेश्वरस्थित अफल्फाबिटा हाउसमा भट्टराईले आज अन्तरक्रियाको कार्यक्रम गर्न लाग्नु भएको हो ।
अन्तरक्रियामा पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो नयाँशक्ति वा नयाँ दल गठनका विषयमा सबैलाई जानकारी गराउनु हुनेछ । साथै आफूलाई सहयोग गर्नका लागि पनि अपील गर्ने बुझिएको छ ।
दिउँसो एक बजेपछि हुने अन्तरक्रियामा भट्टराईले विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, पत्रकार, व्यापारी, कर्मचारी, मजदुर, कलाकारलगायतलाई बोलाउनुभएको छ ।
नयाँशक्ति गठनको तयारीमा रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईले छिट्टै पार्टी गठन गर्ने उहाँका सहयोगीहरूले बताएका छन् ।
भट्टराईले आफ्नो नयाँशक्तिमा सबै पक्षलाई समेट्ने बताउनुभएको छ । उहाँको नयाँशक्तिको बिचारधारा भने वामपन्थीभन्दा फरक हुन सक्ने बताइएको छ ।












प्रतिक्रिया