काठमाडौं, १५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख निर्वाचनमा पराजित भएका विषयमा समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
पार्टी मुख्यालय सानेपामा एघार बजेपछि बस्ने बैठकमा कांग्रेसले भोग्नु परेको पराजयका विषयमा छलफल हुनेछ ।
कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
‘राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको निर्वाचन भर्खरै सक्किएको छ’, उहाँले भन्नुभयो, ‘त्यसमा पार्टीको पराजय भएको छ । त्यस विषयमा पनि समीक्षा हुन्छ ।’
कांग्रेस बैठकमा १३ औँ महाधिवेशनको तयारी र आगामी रणनीतिका विषयमा पनि छलफल हुनेछ ।
मुलुकका प्रमुख पदहरूमा पराजित भएको कांग्रेसका शीर्ष नेतृत्वले कार्यकर्ताबाट ठूलो आलोचना र दवाव व्यहोर्दै आएको छ ।












प्रतिक्रिया