११ मंसिर २०८३, शुक्रबार

एकैदिन ३३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रतितोला तीन हजार तीन सय र चाँदी १२० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य तोलामा तीन हजार १९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको थियो ।