काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार बिहीबार उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो ।
विमानस्थलबाट उनलाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो । अहिले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।
अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण लगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ ।
यसअघि सोही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रमसचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।











प्रतिक्रिया