काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज पहिलोपटक एकसाथ भेट्दै छन् ।
यो त्रिपक्षीय बैठक चीनको सेन्जेनमा आयोजना भइरहेको ‘एसिया–प्रशान्त आर्थिक सहयोग’ (एपेक) शिखर सम्मेलनका क्रममा हुन लागेको हो ।
तीन नेताहरुबीच इजरायल र इरान, रुस र युक्रेन युद्धलगायत विषयहरूमा छलफल हुनेछ । यसअघि, बुधबार एपेक शिखर सम्मेलनको स्वागत रात्रिभोजमा पनि तीन नेताहरू सँगै देखिएका थिए ।
यो बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना गरिएको छ । याल्टामा अमेरिका, बेलायत र सोभियत संघका प्रमुख नेताहरूबीच ऐतिहासिक बैठक बसेको थियो । त्यतिबेला युरोपमा दोस्रो विश्वयुद्धपछिको अर्थ व्यवस्थाको भविष्यबारे निर्णय लिइएका थिए ।
आज पहिलोपटक, तीन समकालीन महाशक्ति राष्ट्रहरू– अमेरिका, चीन र रुसका प्रमुख नेताहरू एकसाथ भेट्न लागेका हुन् ।












प्रतिक्रिया