३ मंसिर २०८३, बिहिबार

आजको मौसम : तराईमा हुस्सु, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।