२ मंसिर २०८३, बुधबार

मलद्वारमा लुकाएर ल्याएको दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । दुई किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत नेपाल आएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ सुनसहित पक्राउ परेका हुन् ।

उनले मलद्वारमा एक किलो ८०३.७७ ग्राम सुन लुकाएर ल्याएका थिए ।

पक्राउ परेका चिनियाँ नागरिकलाई अनुसन्धानका लागि त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।