२ मंसिर २०८३, बुधबार

एकैदिन ६ हजार ३ सयले घट्यो सुनको मूल्य

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएको छैन । तिहारपछि लगातार चौथो दिन बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार तीन सयले घटेर दुई लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो । सोमबार सुन तोलाको दुई लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।