२ मंसिर २०८३, बुधबार

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ५ बजेदेखि सुरु हुनेछ ।

आजको विजेता टोलीले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ ।

यसअघि हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल मंसिर ५ गते हुनेछ ।