१ मंसिर २०८३, मंगलबार

बोरामा बोकेर हिँडेको एक करोड ६७ लाख रकमसहित तीनजना नख्खुबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौंको नख्खुबाट ठूलो रकमसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोराभित्र एक करोड ६७ लाख ३३ हजार २३० रकमसहित तीनजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा मंगलबार बिहान सवा १० बजेतिर पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जना सवार बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो ।

पक्राउ पर्नेमा भोजपुर घर भई कोटेश्वर बस्ने कम्पनीका मार्केटिङ हेर्ने ३० वर्षीय दीपक खड्का, भ्यानका चालक गोदावरी बस्ने ३२ वर्षीय जयराम केसी र बानेश्वर बस्ने लोडरको काम गर्ने २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।