जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि शनिबार बोलाइएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
उनले विश्वासको मत पाउने सम्भावना नभएपछि पदबाट राजीनामा दिएको बताए ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि कांग्रेस नेता यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
मुख्यमन्त्री यादवले राजीनामा दिएसँगै नयाँ सरकार गठनको आगामी प्रक्रिया प्रारम्भ भएको छ ।
यादवले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए ।
प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख यादवले बताए ।











प्रतिक्रिया