२८ कार्तिक २०८३, शनिबार

छठका लागि दमकको रतुवा खोला किनारमा घाट निर्माण तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । छठ पर्व नजिकिएसँगै झापाको दमकस्थित रतुवा खोला किनारमा छठ पूजाका लागि घाट निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ ।

अहिले पूजा स्थलको व्यवस्थापन, माटो सम्याउने र घाट सजाउने काम अन्तिम चरणमा पुगेको छ ।

दमकसहित आसपासका क्षेत्रका भक्तजनहरू हरेक वर्ष यसै स्थानमा भेला भएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

विभिन्न समिति तथा सामाजिक संस्थाहरूले छुट्टाछुट्टै घाट निर्माण गरिरहेका छन् । यस वर्ष पनि सयौँ परिवारले सामूहिक रूपमा छठ पूजा गर्ने तयारी गरेका छन् ।

तस्वीर/संयोग खतिवडा