२७ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०६, सिसिटिभिमार्फत २५, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा ८४, हर्न निषेधमा २, अवस्था ठिक नभएको ९ जना र अन्यमा २८९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।