२४ कार्तिक २०८३, मंगलबार

आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलबासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ । यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ ।

त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी हली तिहार मनाउने परम्परा पनि रहेको छ । किसानले गोरुलाई माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने गर्छन् ।

यस दिन कतिपय समुदायमा गाई, गोरु तथा कृषि कार्यमा प्रयोग हुने पशुको समेत पूजा गर्ने चलन रहेको छ ।