२२ कार्तिक २०८३, आइतबार

काँग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोको ताकेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो जान लागेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रहरीको ताकेतापछि ब्युरोमा उपस्थित हुन लागेको जानकारी दिएका हुन्।

शिवाकोटीका अनुसार चाडपर्वको बिदाका दिनसमेत प्रहरीले बोलाएपछि उनी ब्युरो जान लागेका हुन्। उनले करिब एक घण्टापछि त्यहाँ पुग्ने र सम्भव भएसम्म दिनभरिका भेटघाट पनि ब्युरोमै गर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु, ‘जय नेपाल’।