१६ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले स्विट्जरल्याण्डले नेपाललाई विकास साझेदारको रूपमा विभिन्न आपत्‌विपत् र विकास निर्माणका कार्यमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

त्यस्तै, आगामी दिनहरूमा पनि यो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिएको अध्यक्ष दाहालले जानकारी दिए । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं वर्षगाँठ चलिरहेको सन्दर्भमा एकअर्कालाई शुभकामना आदानप्रदान गरिएको उनले बताए ।

त्यसैगरी, स्विट्जरल्याण्डमा रहेका ठूला तथा विश्वस्तरीय औषधि उत्पादन गर्ने कम्पनीहरू नेपालमा पनि सरकारी स्तरबाट उद्योग स्थापना गर्न सम्भव भएमा नेपाली जनतालाई धेरै सहुलियत हुने धारणा आफुले राखेको अध्यक्ष दाहालले बताए ।

स्वट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पाजले नेपालको आवश्यकता अनुसार सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, दुई देशका संसद्बीच अभ्यास र अनुभव आदानप्रदान गर्न तथा सम्बन्धलाई अझ सुदृढ गर्न संसदीयमैत्री समूह गठन गरी सहकार्य गर्ने कुरा भएको अध्यक्ष दाहालले जानकारी दिए ।

अध्यक्ष पाज छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार नै काठमाडौं आएका हुन् ।