काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतले उनीहरूलाई जनही पाँच लाख धरौटीमा रिहा गरेको हो ।
आज अदालतमा उपस्थित भएका उनीहरूको मुद्दाको सुनुवाई न्यायाधीश हरिसिंह धामीको इजलासमा भएको थियो ।
खेलमा मिलेमतो र ठगी आरोपमा सीआईबीले मुद्दा दायर गरेपछि उनीहरू फरार रहँदै आएका थिए ।















प्रतिक्रिया