२८ आश्विन २०८३, बुधबार

दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का रक्षा मन्त्री तथा दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन राशिद अल मख्तुमले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छारसँग भेट गरेका छन्।

क्याप्टेन मच्छारले देखाएको साहस, जिम्मेवारी र मानवीय संवेदनाको प्रशंसा गर्दै क्राउन प्रिन्सले उनको योगदानको सराहना गरेका हुन्।

क्राउन प्रिन्स हमदानले सामाजिक सञ्जाल एक्समार्फत भेटको तस्बिर सार्वजनिक गर्दै क्याप्टेन मच्छारलाई साहस र जिम्मेवारीको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनले क्याप्टेन मच्छारले मानवीय जीवनलाई प्राथमिकता दिँदै असाधारण साहस प्रदर्शन गरेको उल्लेख गरेका छन्। साथै, यूएईको नेतृत्व र आफ्नोतर्फबाट उनको योगदानप्रति प्रशंसा व्यक्त गरेका छन्।

क्राउन प्रिन्सले क्याप्टेन मच्छार आफ्नो टोली र यूएईको कथाको हिस्सा भएको उल्लेख गर्दै उनको भूमिकाप्रति गर्व व्यक्त गरेका छन्। उनका अनुसार यूएई दया, शान्ति र मानव जीवनलाई महत्व दिने देशका रूपमा परिचित छ र क्याप्टेन मच्छारको कार्यले पनि त्यही मूल्यलाई प्रतिबिम्बित गरेको छ।

यस भेटमार्फत यूएईको नेतृत्वले फ्लाईदुबईका पाइलट मच्छारको साहस र मानवीय जिम्मेवारीप्रति सार्वजनिक रूपमा सम्मान व्यक्त गरेको हो।