२८ आश्विन २०८३, बुधबार

जितिया पर्वमा पोखरीमा डुबेका ४ बालिकाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतीहारी पहाडपुर क्षेत्रमा जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर चार बालिकाको मृत्यु भएको छ ।

घटनामा पहाडपुर क्षेत्रकी प्रतिभा कुमारी, सोनमती कुमारी, फूलमती कुमारी र कीर्ति कुमारीको मृत्यु भएको भारतीय प्रशासनले जनाएको छ । मृतकमध्ये प्रतिभा कुमारी अच्छेलाल पासवानकी छोरी, सोनमती र फूलमती प्रमोद महतोका छोरी तथा कीर्ति कुमारी वीरेन्द्र महतोकी छोरी हुन् ।

जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बालिकाहरू पानीमा डुबेका थिए । घटनापछि स्थानीयबासी तथा प्रशासनको पहलमा उद्धारको प्रयास गरिए पनि चारै जनाको मृत्यु भएको जनाइएको छ ।

पूर्वी चम्पारणका जिल्ला अधिकारीको निर्देशनमा मृतकका निकटतम आफन्तलाई घटनाको ८ घण्टाभित्रै जनही ४ लाख भारतीय रुपैयाँ राहत रकम चेकमार्फत उपलब्ध गराइएको प्रशासनले जनाएको छ ।

घटनाले पर्वका बेला पोखरी, नदी तथा अन्य जलाशयमा नुहाउने क्रममा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । ग्रामीण क्षेत्रमा पर्व तथा धार्मिक अवसरमा ठूलो संख्यामा मानिसहरू जलाशयमा जाने भएकाले स्थानीय प्रशासनले जोखिमयुक्त स्थान पहिचान गरी निगरानी र सुरक्षाको व्यवस्था गर्नुपर्ने देखिन्छ ।