२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा १ हजार २१३ जना ट्राफिक प्रहरीको कारबाहीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा १५४, हर्न निषेधमा ४०, लेन क्रसमा ६४, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १५ र अन्यमा १५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।