काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता एवं संयोजक पुष्पमकल दाहाल ‘प्रचण्ड’ले विपद्को बेला जनपरिचालन हुन नसकेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै संयोजक प्रचण्डले सुरुवातमा सरकारले सक्रियता देखाएको भए पनि पछि सुस्त भएको बताएका हुन् ।
‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा त देखियो, सेनाले जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। त्यसका लागि धन्यवाद,’ प्रचण्डले थपे, ‘सेना परिचालन भयो, जन परिचालन भएन। जनपरिचालन नगर्दासम्म समस्याको वास्तविक समस्या समाधान हुँदैन।’















प्रतिक्रिया