३१ आश्विन २०८३, शनिबार

कांग्रेसको संस्थापन इतर पक्षको बैठक आज बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले गठन गरेको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक आज बस्दैछ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित समितिको आयोजनामा दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकमा आगामी १५ औं महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध सांगठनिक विषय गरी तीन मुख्य एजेन्डामा केन्द्रित रहेर छलफल हुनेछ ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई बैठकमा अनिवार्य सहभागिताका लागि आमन्त्रण गरिएको छ ।