३१ आश्विन २०८३, शनिबार

भोटेकोशी बाढी : आजको प्रतिनिधि सभा बैठकमा सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।

“प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवं घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगतको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,” सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने आजको कार्यसूचीमा उल्लेख छ ।