३१ आश्विन २०८३, शनिबार

बेथानचोक गाउँपालिकाद्वारा बाढी पीडितका लागि ३५ लाख सहयोग घोषणा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि काभ्रेको बेथानचोक गाउँपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँपालिकाको भदौ १५ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले पाउँदै आएको सेवा सुविधा तथा पारिश्रमिकबाट २० लाख रुपैयाँ बराबरको रकम सहयोग गर्ने निर्णय गरिएको हो । बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यसैबीच, विपद्को अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वीकृत तीजलगायतका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । गाउँपालिकाले विपद्को समयमा सबै पक्षबाट सहयोग र समन्वयका लागि अनुरोधसमेत गरेको छ।