२८ आश्विन २०८३, बुधबार

अझै ६४४ पर्यटक बेपत्ता छन, सबैभन्दा बढी भारतीय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ ।

नेपाल पर्यटन बोर्डले अपरान्ह १२ः०० बजेसम्म गरेको पछिल्लो अपडेट अनुसार ३३ देशका ६४४ पर्यटक सम्पर्कभन्दा बाहिर रहेका छन् ।

पर्यटन बोर्डले सार्बजनिक गरेको सुची अनुसार अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् भने नेपाली पर्यटक पनि अझै १२७ जना सम्पर्क बाहिर रहेका छन् ।

साथै, संयुक्त राज्य अमेरिका पर्यटक ६५, युक्रेनका ५३ पर्यटक पनि हिजो देखी सम्पर्कमा आउन सकेका छैनन् ।

सूची अनुसार क्रमशः मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक छ