३१ आश्विन २०८३, शनिबार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ः०० बजेदेखि सुरू हुनेछ । पार्टीमा रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने, केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन लगायत छलफलको एजेन्डामा राखिएको छ ।

आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूचीमा उल्लेख गरिएको छ । जसअनुसार आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्नेछ भने ‘राइट टु रिकल’ अर्थात जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि छलफलमा रहनेछ ।

यस्तै, पार्टीको आधिकारिक धारणा र गतिविधिहरू सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि हुने महासचिव विपिन आचार्यले जानकारी दिए ।