काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार अश्लील सामग्री सार्वजनिक गर्दै रकम समेत माग गरेको निवेदनमाथि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको खुलेपछि नुवाकोटको शिवपुरी गाउँपालिका–७ बस्ने १९ वर्षीय सुदीप कटुवाललाई साइबर ब्यूरोबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कटुवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।















प्रतिक्रिया