काठमाडौं । जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ ।
सभापति डा. धवलशमशेर राणाको नेतृत्वमा निर्माण भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा देशव्यापी संगठन निर्माण लगायत विविध कार्यक्रम र रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सभापति राणाको नेतत्वमा गठन भएको यो पार्टीले निर्वाचन आयोगमा साउन २९ गते दल दर्ता गरेकै दिन स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकलाई पार्टी जोडिन आह्वान गरेको थियो । संवैधानिक राजसंस्था, सनातन धर्म, भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षधर दल, समूह रअभियानहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेको थियो ।















प्रतिक्रिया