काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मंगलबार नेपाल भाषा मंका खलमा पुगेर मन्त्री पौडेलले जनकवि श्रेष्ठको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । त्यस्तै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पनि श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साहित्यकार, बिभिन्न क्षेत्रका व्यक्तित्व, शुभेच्छुक तथा आफन्तजनले पनि जनकवि दुर्गालाल श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाल भाषाका जनकवि श्रेष्ठको आइतबार राती ९१ वर्षको उमेरमा काठमाण्डौ बुढानीलकण्ठमा रहेको घरमै निधन भएको थियो । उनले २०६० सालमा नेपाल भाषा परिषद्दवारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए भने श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् भएका थिए ।
नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।















प्रतिक्रिया