१ कार्तिक २०८३, शनिबार

जेनजी आन्दोलनका शहीदका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने सांसद खतिवडाको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाहले भदौ २३ गतेका जेनजी आन्दोलनका शहीदका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छिन् ।

प्रधानमन्त्रीले आगामी भदौ २३ गते सहीदहरूको सम्मानमा विशेष सम्बोधन गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘शहीदहरूले देशका लागि पुर्‍याएको योगदान र उनीहरूका अधुरा काम कति पूरा भए, कति बाँकी छन्, त्यसको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ ।’